संस्कृत माध्यमिक विद्यालयको १२५ औं अभिभावक दिवस सम्पन्न
पाेखरा | माघ ९, २०८२
पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
समारेहको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा महाशाखा प्रमुख आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका तर्फबाट महाशाखाबाट निरन्तर सहयोग भैरहेको बताउँदै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको बताउनुुभयो । विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन गरिरहेको बताउँदै उहाँले यसको दीगो सञ्चालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राख्नुभयो ।
विद्यालयमा आँफू नेतृत्वमा आएपछि भौतिक एवम् शैक्षिक गुणस्तरीयता अभिबृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
आँफू नेतृत्वमा आउँदा विद्यालयको अक्षयकोष सात लाख ७८ हजार रुपैयाँ रहेकोमा उक्त कोषलाई बढाएर ६७ लाख रुपैयाँ पुु¥याइएको बताउनुुभयो । १२५ औं अभिभावक दिवसका अवसरमा आज मात्रै उक्त कोषमा थप डेढ लाख रुपैयाँ रकम थप भएको छ ।
विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले हाल २२२ जना विद्यार्थी अध्ययरत विद्यालयमा ६५ जना विद्यार्थीले आवशीय रुपमा अध्ययन गरिहेको जानकारी गराउनुभयो ।
शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राखी विद्यालय निरन्तर कृयाशिल रहेको उहाँको भनाइ छ ।
कार्यक्रमका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व प्रधानाध्यापक अक्षयकोगादाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला र सम्मानपत्र सहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो ।
पत्रकारिताको माध्यमबाट संस्कार सहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पौडललाई सम्मान गरिएको हो ।
विद्यालयमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व प्रधानाध्यापक अक्षयकोषदाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी घर्तीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयका पूर्व संस्थापक अध्यक्ष स्व.भोलानाथ पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो । विद्यालयका माध्यमिक तहका शिक्षकहद्व कलादेवी बराल र रामु पौडेल एवम् आधारभुत तहका शिक्षकहरू लक्ष्मी देवकोटा, इन्द्रमाया बास्तोला र सरला थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीको सभापतित्व एवम् सहायक प्रधानाध्यापक कलादेवी बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत माध्यमिक तहका इन्चार्ज श्रीकान्त सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष जुमकाजी गुरुङ, सम्मानित व्यक्तित्वहरू पूर्व प्रधानाध्यापक बास्तोला, रासस गण्डकी प्रदेश प्रमुख पौडेल, विद्यार्थीद्वय सुमित सिग्देल र जीवनाथ शर्मा लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रमका अवसरमा विभिन्न छात्रबृत्तिसँगै उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूतर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

